२०७८ असार ४ गते शुक्रवार

बाँकेमा थप ५ संक्रमितको मृत्यु

दाङ, बैशाख २५ । बाँके जिल्लामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ६७ बर्षीय पुरुषको शुक्रबार बेलुका ४ ः ४५ बजे मृत्यु भएको छ ।

उनको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

बर्दियाको बढैयाताल ७ का ५२ बर्षीय पुरुषको बेलुका ७ बजे , नेपालगञ्ज १ का ६४ बर्षीय पुरुषको शुक्रबार बेलुका ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज १० की ३८ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ४ ः ३० बजे र नेपालगञ्ज १४ की ३८ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा शनिबार बिहान ६ ः ४५ बजे मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन् ।

यो संगै बाँकेमा हालसम्म कोरोना संक्रमति १७४ जना र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १३१ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *