२०८२ असार ९ गते मङ्गलवार

रोल्पाबाट दाङ आउँदै गरेको स्कार्पियो दूर्घटना : चालकको घटनास्थलमै मृत्यु, थप २ गम्भीर घाइते

तुलसीपुर, बैशाख २२ । रोल्पाको लिबाङबाट दाङको घोराही तर्फ आउँदे गरेको स्कार्पियो दूर्घना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दूई जना गम्भीर घाइते भएका छन् ।

दूर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का अन्दाजी ३४ बर्षीय बिष्णु गिरी रहेको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए ।

उक्त दूर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ घर घोराही १७ मा बस्दै आएका ३५ बर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षीय बशन्त भण्डारी गम्भीर घाइते भएका छन् ।

डिएसपी रिजालका अनुसार उनीहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

स्कार्पियो चालक गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही–कमेरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. ४ ओइरेनीमा बुधवार बिहान ७ बजेतिर उक्त दूर्घटना भएको थियो ।

रोल्पाको लिवाङबाट दाङको घोराही तर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो सडकदेखि झन्डै ५ ÷ ६ सय मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेलाई तत्कालै उद्धार गरि अस्पताल ल्याएपनि मृतकको शव अझैं घटनास्थलमै रहेको र त्यो शवपनि निकाल्ने प्रयास भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

दुबै घाइते बोल्न सक्ने अवस्थामा नरहेको हुँदा दूर्घटनाको कारण अझैं थाहाँ हुन नसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *