बैशाख १८ । तीन जना बालक एउटै कार भित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको बिशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको RJ 01 CC 0885 कारभित्र वटा बच्चा शनिवार साँझ मृत अवस्थामा फेला परेपछि त्यो घटना अनुसन्धान गर्न दाङ प्रहरीले कुकुरसहितको बिशषेज्ञ टोली बोलाएको हो ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले तीन बालक एउटै कार भित्र मृत फेला परेको घटना अनुसन्धान गर्न कुकुरसहितको बिशषेज्ञ टोली तुलसीपुर आइपुगेको फरककोणलाई जानकारी दिए ।
प्रमाण नष्ट हुन नपावस भनेर त्यसअघि सम्म जिल्लाको प्रहरीले घटनास्थललाई केही नचलाएको एसपी चन्दले बताए ।
‘ कार भित्र तीनवटा शब देखिएको भएपनि प्रमाण संकलन गर्न सजिलो होला भन्ने उदेश्यले एक्पर्ट टोली आइनपुग्दासम्म हामीले क्राइम सिन केही पनि चलाएका छैनौं,’ एसपी चन्दले भने ।
कार बाहिरबाट नियाल्दा तीन वटा शब देखिएको र त्यसमध्य एकजना पुरुष भएको स्पष्ट खुलेपनि थप दुई जना सिट मुनि रहेको हुँदा छोरा हुन कि छोरी हुन भन्न मुस्किल परिहरको उनले बताए ।
तर बच्चाका आफन्तहरुले भने उनीहरु तीनै जना छोराहरु रहेको फरकोणलाई बताएका छन् । प्रहरीले मृतकको पहिचान भइ नसकेको बताएता पनि आफन्त भने आफ्ना बच्चा हुन भन्दै घटनास्थलमा रोईकराई गरिरहेका थिए ।
स्रोतका अनुसार उनीहरु तीनै जना बच्चा तीन दिनदेखि घर गएका थिएनन् ।
जो पहिले कार भित्र शव देखेर कराउँदै भागे
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा कोठा भाडमा लिएर बस्ने अरुण बुढा मगरले शनिबार बेलुका साढे ५ बजेतिर कार भित्र तीन बच्चा मृत अवस्थामा देखे । बा ३ ख ३४३८ नम्बरको बसका चालक तथा गाडी धनि मगर पार्किङ गरि राखेको कार भित्र बच्चा मरेको देख्दा सुरुमा कराउँदै भागे ।
त्यसपछि उनले आसपासका मानिसलाई कराउँदै बोलाए । नजिकै घर घएका केही मानिसहरु जम्मा भए । त्यसपछि फेरि उनीहरु संगै गएर हेर्दा गाडी भित्र तीनवटा बच्चाहरुका शबहरु देखेपछि बल्ल प्रहरीलाई खवर भएको थियो ।
स्याउली बजारमा सडक खण्डको नालाको काम भइरहेको छ । पानी लिएर आएको ट्रयाङकरलाई साईड दिन भनेर मगर आफ्ना बस ब्याक गर्न गएका थिए । गडी ब्याक गरि सकेपछि उनकै घरमा बस्ने एकजना फुच्चे केटाले किन रोकि रोखेको कारको बत्ति बलिरहेको हो ? भनेर चालक मगरलाई सोधे ।
मगर पनि अचम्म मानि कार निजकै पुग्दा कारको बुनोट भरि झिंगा भन्केको देखे । यसो नियालेर हेर्दा मानिस भित्र नाङ्गै सुतेझैं देखे । अनि आफु चिच्चाएर भागेको मगरले फरककोणलाई बताए ।