दाङ, पुस ४ । तुलसीपुरमा बुधवार आयोजित कार्यक्रमका बक्ताहरुले महिला पत्रकारलाई चुनौती चिर्दै अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३६औं स्थापना दिवसको अन्तिम दिन तुलसीपुरमा आयोजना गरेको पत्रकारितामा महिला सहभागिता चुनौती र अवसर विषयक विचार गोष्ठिलाई सम्वोधन गर्दे बक्ताहरुले पितृसत्तात्मक सोचवाट ग्रसित समाजमा हरेक क्षेत्रका महिलाहरुलाई चुनौती रहेको भन्दै पत्रकारिता क्षेत्रमा महिलाहरु त्यो चिर्दै अगाडि बढ्न सक्नुपर्ने आग्रह गरेका हुन ।
प्रदेश सांसद सरस्वती गौतमले महिलालाई हरेक क्षेत्रका काम गर्न चुनौती रहेको उल्लेख गर्दै तर महिला पत्रकार त्यो चिर्न क्रियासिल हुनुपर्ने बताइन । ‘आधा जनशक्ति महिला क्रियासिल नहुँदा विकास र समाज रुपमान्तरण असंभव छ,’ सांसद गौतमलले भनिन् ‘ यस्तोमा महिला पत्रकार साँचो कुरा लेख्न हिम्मतका साथ अगाडि आउन सक्नुपर्छ ।’
सत्य तथ्य कुरा जान्न नपाउँदा समाज कुहिरोको काग समान बन्ने हुँदा महिला माथि भइरहेका थिचो मिचोको बारेमा सत्य लेख्न नडराउन आग्रह गरिन । पछिल्लो समय निर्वाचन आयोगमा ३३ प्रतिसत महिला नराख्ने राजनीतिक दल दर्ता नै नहुने बाध्यकारी प्रावधानका कारण महिलाको संख्या सुनिश्चित गर्न दलहरु बाध्य भएपनि अझैंपनि नगन्ने मात्रामा महिलाहरु प्रमुख पदमा जानका लागि छेकवार गरिएको भन्दै उनले रोष प्रकट गरिन । ‘बाध्यकारी व्यवस्थाले महिलाको सहभागिता बढेको त छ, तर प्रमुख पदहरुमा महिलालाई जान दिइएको छैन,’ सांसद गौतमले भनिन् ‘हरेक राजनीतिक निर्णय गर्दा पुरुषको एकाधिकार चल्दै आएको छ ।’
उक्त कार्यक्रमलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, उपमेयर माया आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत, अधिकारकर्मी विनोद केसी,प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी, राससी राप्ती अंचल प्रमुख नारायणी रजौरे, क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय कोषाध्यक्ष जानकी दहित लगाएतले श्रमजिवी पत्रकार ऐन कार्यान्वयका लागि पत्रकार महासंघले भूमिका खेल्नु पर्ने बताएका थिए ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतम र नेपाल प्रेस यूनियनकी केन्द्रीय सदस्य सुलोचना गौतमले के भने ?
हेर्नुहोस भिडियो ….