२०८१ चैत्र ६ गते बुधवार

लमही क्षेत्रमा तपाइको मास्क खै ? अभियानमा प्रहरी (फोटो फिचर)

शिवराज खनाल , देउखुरी, बैशाख १५ । तपाइको मास्क खै ? लमही नगरपालिकाका आसपासका क्षेत्रमा आजकल दैनिकजसो मास्क नलगाई हिड्ने सर्वसाधरणका लागि प्लेकार्ड मार्फत सोधिने प्रश्न हो, यो ।

यो प्रश्न अस्थायी प्रहरी कार्यालय नर्तीबाट खटिएका प्रहरी,ट्राफिक प्रहरी, हवल्दार र प्रहरी जवानहरुले सर्वसाधारणलाई सोध्ने गर्छन ।

प्लेकार्ड मार्फत पैदल, साइकल, मोटरसाइकल वा अन्य लामो तथा छोटो दुरिमा चल्ने सवारी साधनमा हिडेका सर्वसाधरण नागरिकलाई रोकेर तपाइको मास्क खोइ ? भनेर सोध्न थालेपछि सबैले मास्क लगाउन थालेका छन् ।

यो सबै सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगाउन गरिएको प्रयास हो । आगामी दिनका लागि चेतावनीसहित सचेतपनि गराउन थालिएको छ । घरबाट बाहिर निस्किदा अनिवार्य मास्क लगाऔं, कोरोना भाइरसबाट सचेत बनौं जस्ता प्लेकार्ड हातमा लिएर प्रहरी जवानहरु उभिन थालेपछि मास्क नलगाउनेहरु समेत लगाउन थालेका छन् ।

समुदाय स्तरमा संक्रमण बढ्न थालेपछि लमही नगरपालिकामा हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै अस्थायी प्रहरी कार्यालय नर्तीको टोलिले सुन्डबरी , जखेराचोक क्षेत्रमा बाटोमा हिड्ने सर्वसाधरण नागरिकालाई सचेत गराउन थालेको हो । अभियानलाई तिव्रता दिइएको अस्थायी प्रहरी पोस्ट नर्तीका प्रहरी सहायक निरीक्षक वसन्त राज गिरीले बताए ।

कोरोना महामारीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन तथा घर बाहिर निस्किनै परे मास्क अनिवार्य लगाउन आग्रह गर्ने गरिन्छ ।

लमही नगरपालिका वडा नम्बर ५ मा रहेको देउखुरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र लमही बजारमा कोरोना संक्रमण बाट आम नागरिकलाई बचाउन लमही चेम्बर अफ कमर्सले २ दिने मास्क अभियान सञ्चालन गरेको थियो ।

 

 

 

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *