२०७७ मङ्सिर १४ गते आइतवार

कर्मचारी समायोजनमा मनोमानी भएको आरोप

काठमाडौँ,  पुस  ४ । कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् ।

कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाए । आज  पत्रकार सम्मेलन बोल्नुहुँदै उपसचिव पोखरेलले शिक्षा क्षेत्रमा कुनै दक्षता नै नभएका व्यक्तिले शिक्षा अध्यादेश बनाइरहेको जिकिर गरे ।

स्थानीय तह र प्रदेशलाई एकै ठाउँमा राखेर समायोजन गर्न सरकारले प्रयत्न गर्नुपर्ने उनको ठहर छ । कर्मचारीले कर्मचारीको पेशागत आचरण तथा नैतिकताको विषय सिकाउने र पढाउने तहका नेतृत्वकारी पदाधिकारी अध्यादेशबमोजिम कर्मचारी समायोजनमा सहभागी हुनु नपर्नुको कारण, नागरिक कर्तव्य, सिर्जनशील र जिम्मेवारी बोधको उत्कृष्ट उदाहरण के हो भन्नेलगायतका आठबुँदे जिज्ञासा समेत प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २०७५ पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *