दाङ, बैशाख १५ । बाँकेमा थप दूई ब्यक्तिको कोरोना संक्रमनका कारण मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ की ३९ बर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीले भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।
ती महिलालाई बैशाख ९ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
त्यस्तै नेपालगञ्ज १२ बाँकेका ६५ बर्षीय पुरुषको बुधबार बिहान भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।
उनी बैशाख ६ गते भेरीमा भर्ना भएका थिए । यो संगै बाँकेमा कोरोनाका कारण हालसम्म मृतकको संख्या ९९ पुगेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार