२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङमा १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय

तुलसीपुर, बैशाख १४ । दाङमा यही बैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललको अध्यक्षतामा घोराहीमा मंगलबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले बैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा बढ्दै गएपछि त्यो नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन निषेधाज्ञा घोषणा गरिएको हो ।

बैठकले बेलझण्डी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई खाना खुवाउन आवश्यक पर्ने रकम तुलसीपुर र घोराही उपमहानगरपालिकाले समान डेढ÷डेढ लाख, बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकाबाट समान एक ÷एक लाख रकम दिने निर्णय पनि गरेको छ ।

यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसलहरु सञ्चालन गर्न पाइने भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *