२०८१ चैत्र ९ गते शनिवार

दाङमा एकै दिन १५२ जनामा कोरोना संक्रमण पुष्टि

सक्रिय संक्रमितको संङ्या ६ सय ८२ पुग्यो

तुलसीपुर, १३ बैशाख । दाङमा एकै दिन १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका १५२ जनामा कोरोना पोजेटिभ देखीएको छ । २५२ जनाको कोरोना परिक्षण गरिएको थियो ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ । कोरोना परिक्षण भएका मध्ये ७५ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ ।

पछिल्नो समय जिल्लामा कोरोना संक्रमणको दर उच्च देखीएको छ ।

यसैबिच तुलसीपुरमा ४५ जनालाई कोरोना पुष्टि भएको छ । प्रतिष्ठानमा ५२ जनाको नमुना परिक्षण गरिएकोमा ४५ जनाको रिपोट पोजेटिभ आएको छ ।

यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २६५ पुगेको छ । जम्मा सक्रिय संक्रमित संख्या मध्ये सोमवार २१ जना कोरोना मुक्त भएका छन् ।

 

 

 

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *