२०८१ चैत्र १३ गते बुधवार

बर्दियामा एक हप्ताको लागि निषेधाज्ञा जारी

दाङ, बैशाख १३ । कोरोना संक्रमन रोकथाम र नियन्त्रणका लागि बर्दियामा स्थानीय प्रशासनले सोमवार मध्यरातिदेखि जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले बैशाख १३ गते मध्य रातिदेखि बैशाख १९ गते मध्य रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय आइतवार नै गरेको थियो ।

उक्त निर्णय अनुसार गुलरीया नगरपालिकाको ५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुबन नगरपालिकाको लालिबजार र वराली बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिरएको छ ।

त्यस्तै ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्धारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजपुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखरा, शितला बजार क्षेत्र, गेरुवा गाउँपालिकाको शान्ति बजार र पशुपति बजार क्षेत्रमा मानिसहरुको हिडडुल गर्न , भेला हुन नपाउने गरि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरुमा एक साताको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *