तुलसीपुर, बैशाख १२ । दाङमा कोरोना भाइरस संक्रमित थप एक पुरुषको मुत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ का ५७ बर्षीय पुरुषको आइतवार बिहान कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ ।
अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार उनको बिहान ११ ः १० बजे मृत्यु भएको हो ।
उनको बैशाख २ गतेदेखि आइसियुमा उपचार हुँदै आएको थियो ।
यो संगै बेलझुण्डी अस्पतालमा ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार