तुलसीपुर, बैशाख १० । दाङमा कोरोना भाइरस संक्रमित एक १५ बर्षीया बिद्यार्थीको मृत्यु भएको छ ।
गढवा गाउँपालिका वडा नं। ६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत विद्यान आचार्यको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।
उनको शुक्रवार बिहान १ बजेतिर निधन भएको थियो ।
स्वास्थ्य समस्या देखिएपछि उनी बैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए ।
बुटवल पछि भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । उक्त विद्यालयका एक शिक्षकलाई पनि संक्रमन पुष्टि भएको छ ।
उनको हाल उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार