शंकर केसी, सल्यान, बैशाख १० । सल्यानको कपुरकोट गाउँपालिकामा सीप विकास तालिम सञ्चालन गरिएको छ ।
शुक्रबार वडा नम्बर १ स्थित गैरिवाङमा पाँच दिने बाख्रापालन तालिम शुरु भएको हो ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता तालिम प्राप्त गरेकाहरुलाई तालिम प्रदान गरिने लघु उद्यम विकास कार्यक्रम कपुरकोटका संयोजक दिपेन्द्र शाहीले जानकारी दिए ।
वडा नं २ मा ११ जनालाई कटाई सिलाई र वडा नं ६ मा १५ जनालाई बाख्रा पालन तालिम सञ्चालन भइरहेको छ ।
चालु आर्थिक वर्ष वडा नं १ मा ५ जनालाई बंगुर पालन र ५ जनालाई भैंसी पालन तालिम दिइने भएको छ ।
वडा २ मा १२ जना, वडा ३ मा २३ जना, वडा ५ मा १३ जनालाई बाख्रा पालन तालिम प्रदान गरिने भएको छ ।
त्यस्तै वडा ५ मा १३ जनालाई साबुन बनाउने तालिम र वडा ६ मा ८ जनालाई च्याउ खेति तालिम प्रदान गरिने कार्यक्रम संयोजक शाहीले बताए ।
यस वर्ष १ सय १८ जनालाई सिप बिकास तालिम प्रदान गरिएको उनले जानकारी दिए ।
उनका अनुसार वडा ४ मा सिप बिकास तालिम र प्रबिधि हस्तान्तरण सहित थप ४० जना उद्यमीलाई स्तरोन्ती गर्ने कार्यक्रम रहेको छ ।’
संघीय सरकारको शर्सत अनुदान र कपुरकोट गाउँपालिकाको साझेदारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको हो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले पशुपालन ब्यवशायलाई आफुहरुले प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताएका छन् ।
शुक्रबार वडा १ मा बाख्रापालन तालिमको उद्घाटन गर्दै उनले उन्नत तरिकाबाट खेति पाति ,पशु पालन गरि मनग्ये आम्दानी लिन सकिने बताए ।
तालिममा प्रशिक्षक टेक बहादुर खड्काले बाख्रा पालन गर्दा ध्यान दिनुपर्ने विषय, बाख्राका समस्या, समस्याका निराकरण लगायतका विषयमा जानकारी गराएका थिए ।