२०८१ जेष्ठ १३ गते आइतवार

कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय

काठमाण्डौ,बैशाख १० । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी ४ जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए ।

पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *