२०८३ असार २७ गते शनिवार

पार्टीमा एकताको सम्भावना क्षीण हुँदैछ : नेता नेपाल

काठमाण्डौ,बैशाख १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन ।

धनुषामा एमालेको खनाल–नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दम्भका कारण एकता क्षीण हुँदै गएको आरोप समेत लगाए ।

पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र सङ्कट निम्त्याउनमा पार्टी अध्यक्ष जिम्मेवार रहेको उनको आरोप छ ।

नेता नेपालले आफूले समाधानको बाटो अपनाउन आग्रह गरेको तर अध्यक्ष ओलीले एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको बताए ।

उनले २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण पनि औचित्यहीन रहेको बताए ।

नेता नेपालले आफूहरु कुनै व्यक्ति विशेषको मुख हेरेर नभइ लोकतन्त्र र संविधानको मर्म तथा नागरिकको हित हेरेर आन्दोलनमा रहेको बताए ।

पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने र आफूले त्यही प्रस्ताव गर्दा अध्यक्ष ओलीले इन्कार गरेको नेता नेपालको भनाइ छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *