घोराही, बैशाख ६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश परिषदको भेला दाङको देउखुरीमा हुने भएको छ ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एंव वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा बसेको सोमबारको बैठकले देउखुरीमा भेला गर्ने निर्णय गरेको हो ।
भेलामा प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
बैठक देउखुरीको गढवा गाउँपालिका वडा नं १ महदेवास्थित कुलपानी सामुदायिक वनको भवनमा हुने गरि तय गरिएको छ ।
भेला सफल पार्नका बैठकले गढवा वन महासंघका अध्यक्ष नवराज शर्माको संयोजकत्वमा चार सदस्यीय ब्यवस्थापन समिति र जिल्ला महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको संयोजकत्वमा जिल्ला महासंघका पदाधिकारी एंव सदस्य र स्थानीय महासंघका अध्यक्षहरु सदस्य रहेको आर्थिक समिति पनि गठन गरेको छ ।
बैठकले बढ्दो वन डढेलो नियन्त्रणका लागि सजक रहन जिल्लाका सवै वन समूहहरुलाई आग्रह गरेको छ ।
लुम्विनी प्रदेश परिषद भेला बैशाखको १७ र १८ गतेका लागि तय गरिएको छ ।