२०७८ बैशाख ३१ गते शुक्रवार

तुलसीपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर,बैशाख ४ । तुलसीपुरमा थप १४ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ ।

शनिबार एकैदिन वडा नम्बर ५ का ५ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ११ का ६ जना र वडा नम्बर ९ का १ जनामा सक्रंमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, नेश्नल प्याथल्याव र कोहलपुर मेडिकल कलेजमा गरिएको परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको हो ।

शनिबार कोरोना पुष्टि हुनेमा ३ जना विधार्थी पनी रहेका छन् ।

उनिहरुमध्ये २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिको आईसोलेसनमा, १ जनालाई होटेलको आईसोलेसनमा र् वाँकि सवै होम आईसोलेसनमा रहेको जनाइएको छ ।

यो सगैं तुलसीपुरमा कोरोना सक्रीय संक्रमीतको संख्या ५२ पुगेको छ । जसमध्ये ७ जना भेरी अस्पतालको आईसोलेसनमा, ८ जना कोरोना विशेष अस्पताल वेलझुण्डीमा, २ जना होटेल आईसोलेसनमा, २ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २९ जना होम आईसोलेसनहेको के।सीले जानकारी दिए ।

पछिल्लो समय कोरोना विशेष अस्पताल वेलझुण्डीमा वेड भरिएकाले विरामीले वेड पाउन समस्या भईरहेको केसीले बताए ।

 

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *