२०८० चैत्र ६ गते मङ्गलवार

कोहलपुरमा बस दूर्घटना ः ४ जनाको सनाखत, एक महिलाको सनाखत हुन बाँकी

घाइते मध्य ७ को अवस्था गम्भीर

दाङ, वैशाख ४ । बाँकेको कोहलपुरमा यात्रु बहाक बस र टिप्पर एक आपसमा ठोक्किदा भएको दूर्घटनामा परि मृत्यु भएका मध्य चार जनाको सनाखत भएको छ ।

एक महिलाको भने सनाखत हुन बाँकी नै छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरेका अनुसार दूर्घटनामा परि कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको मृत्यु भएको छ ।

मृतक मध्य कोहलपुरका दूई जना टिप्परमा सवार थिए भने अन्य तीनजना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

दूर्घटनामा ज्यान गुमाएकी एकजना ३०÷३५ बर्ष जस्तो देखिने मधेसी मुलकी महिलाको भने सनाखत भइ नसकेको असई बारघरेले बताए ।

दूर्घटनामा परि कुल ३७ यात्रु घाइते भएकोमा ७ जनाको अवस्था गम्भी रहेको र उनीहरु सबैको उपचार कोहलपुरमा भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशा तर्फ जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिप्पर शुक्रवार बेलकी साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठोक्किदा उक्त दूर्घटना भएको थियो ।

तीव्र गतिका कारण दूर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *