तुलसीपुर,बैशाख ३ । दाङको तुलसीपुरमा शुक्रवार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा ५ जना,नेशनल प्याथ ल्याब बुटवलमा परिक्षण गर्दा ३ जना र एन्टिजिनमा परिक्षण गर्दा २ जनामा गरि थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा २ महिला,३ पुरुष गरि ५ जना,वडा नं ५ मा १ महिला,वडा नं ९ मा १ पुरुष,वडा नं १२ मा २ जना पुरुष र वडा नं १६ मा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यी सबै संक्रमित अहिले होम आइसोलेशनमा रहेका छन ।
फोकल पर्सन केसीले तुलसीपुरमा हाल ३८ जना संक्रिय कोरोना संक्रमित रहेको पनि जानकारी दिए ।
जसमध्ये कोरोना अस्पताल बेलझुण्डीको आइसोलेसनमा ८ जना, नेपालगञ्ज भेरी अस्पतालकोे आईसोलेसनमा ७ जना,होटल आइसोलेशनमा १ जना र २१ जना होम आइसोलेशनमा रहेको केसीको भनाई छ ।
तुलसीपुरमा हालसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
साथै फोकल पर्सन केसीले कोरोनाको जोखिम बढ्दै जान थालेकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।