सुर्खेत, बैशाख ३ । नेपाली काँग्रेस र नेकपा एमाले भित्रकै माधवकुमार नेपाल समुहका कारण कर्णाली प्रदेशको सरकार जोगिएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनीहरुकै साथले शुक्रवार बहुमत जुटाउन सकेका हुन ।
प्रदेश सभामा विश्वासको मत लिने क्रममा शाहीको पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत परेको हो ।
मतदानमा ३७ सांसद सहभागि थिए। शाही नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हुन । कर्णालीमा माओवादी केन्द्रका जम्मा १२ सांसद मात्रै छन् ।
राप्रपाकी एक जना सांसदले पनि मुख्यमन्त्री शाहीको बिरुद्धमा मतदान गरेकी छन् ।
तर, शाहीको पक्षमा बहुमत पु¥याउन एमालेको नेपाल समुहका चार नेताले भने फ्लोर क्रस गरे ।
प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेको हुँदा शाहीलाई बहुमत पु¥याउन सहज भएको हो ।
प्रदेश सभामा सभामुखसहित एमालेका २० सांसद छन । तर, चार जनाले फ्लोर क्रस गरेका थिए ।
मुख्य मन्त्री शाहीलाई नेपाली कांग्रेसको साथ समर्थन रहेको थियो ।