२०८१ चैत्र १३ गते बुधवार

देउखुरी क्याम्पसमा नेविसंघ इकाइ समिति विस्तार 

प्रिया स्मृती गजमेर, लमही वैशाख ३ । देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल विद्यार्थी संघको समिति बिस्तार गरेका छन ।

इकाई सभापति सागर पोखरेलको अध्यक्षता र नेपाली काँग्रेस दाङका जिल्ला सदस्य कुमार घिमिरेको प्रमुख आतिथ्यतामा क्याम्पस इकाई समिति विस्तार गरिएको हो ।

विस्तारित पहिलो सेक्सन अध्यक्षमा बिजय पौडेल, उपाध्यक्षमा बबिता पाण्डे, सन्देश एमसी ,सचिवमा शिशिर बुढाथोकी, सहसचिवमा एन्जिला चौधरी, कोषाध्यक्षमा श्रीष्टी बस्नेत रहेका छन ।

बिबिएसको दोस्रो सेक्सनमा रिमा चौधरी अध्यक्ष, उपाध्यक्षमा जया पोख्रेल र बिजय प्रकाश कुमाल, सचिवमा पुष्पा पन्थी, सहसचिवमा अस्मिता शर्मा, कोषाध्यक्षमा तिर्सना अधिकारी चयन भएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले सचेत वर्ग विद्यार्थीले राजनीति भित्रका गलत कुराहरुको विरोध गर्न जरुरी रहेको बताए ।

उनले विद्यार्थीको आन्दोलनकै कारण हालसम्मका परिवर्तनहरु संभव भएको बताए ।

‘अब्बल विद्यार्थी राजनीतिमा आउन आवश्यक छ,’ घिमिरेले भने ‘जवसम्म सचेत वर्ग अगाडि आउँदैन तव सम्म राजनीति संङ्लो बन्न मुस्किल पर्छ ।’

ठूला नेताहरु विद्यार्थी राजनीति बाटै आएको हुँदा विद्यार्थीले राजनीति जान्न र बुझ्न जरुरी रहेको उनको तर्क थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष पवन यादवले कम्युनिष्टहरु कहिलैपनि लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे ।

कम्युनिष्टहरु झुठ बोलेर जनतालाई झुक्काएर देशमा शासन गरेपनि भविस्यमा कम्युनिष्ट पत्तासाप भएर जाने उनेको दाबी छ ।

उनले केपी शर्मा ओलीले अधिनायकबादी सैलीमा देश सञ्चालन गरिहेको हुँदा उनको अन्त्य आवश्यक रहेको बताए ।

भेलाले देउखुरी बहुमुखी क्याम्पस बिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थी सम्मिलित ३५ सदस्यीय नेविसंघ इकाई समिति बिस्तार गरेको छ ।

यसअघिका इकाई सभापति सुमन कालाथोकीले बिद्यार्थीलाई राजनीतिमा चासो हुन जरुरी रहेको बताए ।

कार्यक्रमको सहजिकरणसुमन कालाथोकीले गरेका थिए।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *