२०८१ बैशाख ८ गते शनिवार

प्रत्येक नागरिकलाई उद्यमी बनाउन बाख्रा पालन र तरकारी खेती सम्बन्धि तालिम

तुलसीपुर,बैशाख ३ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत ७ दिने बाख्रा पालन र तरकारी खेती सम्बन्धि तालिमको शुक्रवार तुलसीपुर–१४ ड्वाङ्पुरमा उद्घाटन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तुलसीपुर मेट्रो कलेजद्वारा सञ्चालित तालिमको अध्यक्षता गर्दै वडा अध्यक्ष प्रशुनारायण चौधरीले सहभागीहलाई व्यावसायीक बन्न आग्रह गरेका थिए ।

प्रत्येक नागरिकलाई उद्यमी बनाउने उद्देश्यले यस्ता तालिमहरु सञ्चालन गरेको जानकारी दिदै चौधरीले यसको भरपुग उपयोग गर्न समेत जोड दिए ।

तपाईहरु बजेटको चिन्ता नगर्नुस्, इच्छा र जाँगर देखाउनुस् हामी तपाईहरुमा लगानी गर्न तयार छौं, म अन्य शिर्षकको बजेट पनि तपाईलाई स्वरोजगार बनाउने कुरामा बजेट लगाउन सक्छु”, अध्यक्ष चौधरीले स्पष्ट पारे ।

उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर मेट्रो कलेजका प्रशासन सहायक तिला ढकालले पढ्ने उमेरका लागि मात्रै भन्दा पनि सिप सिक्न चाहने जुनसुकै उमेर समुहका नागरिकका लागी यो कलेज सञ्चालन गरेको बताइन ।

उनले विगत देखि कलेजमा विभिन्न किसिमका तालिमहरु सञ्चालन भईरहेको र आगमी दिनमा पनि हने जानकारी दिइन ।

शिक्षा मात्रै भन्दा पनि सिपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले मेट्रो कलेज सञ्चालन गरेको बताउदै उनले कलेजबाट पास आउट भएर जाँदा विद्यार्थीहरुको हातमा सर्टिफिकेट मात्र नभएर सिप सहितको दक्ष नागरीक बनाउने बताइन् ।

सो अवसरमा वडा सचिव दिलिप कुमार चन्द, प्रशिक्षकह? अतितराज खड्का, दिलिप योगी लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम तुलसीपुरका सहजकर्ता बिनु हमालले गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *