२०८१ चैत्र ३ गते आइतवार

बाँकेमा इण्डियाबाट आएका १८३ को परीक्षण गर्दा १२७ मा कोरोना पुष्टि

दाङ, बैशाख ३ । बाँकेमा इण्डियाबाट आएका मध्य १८३ जनाको पिसिआर परीक्षण गर्दा १२७ मा कोरोना संक्रमन पुष्टि भएको छ ।

यो परिनाम पछिल्लो २४ घण्टाको हो । बाँकेमा देखिएको यो संक्रमन दर हालसम्मकै उच्च हो ।

जिल्ला कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रवारको संक्रमन दर झन्डै ७० प्रतिसत पुगेको जानकारी दिए । ६९ दशमलब ४ प्रतिसत संक्रमन दर एकैदिन देखिएको उनले बताए ।
शुक्रवार एकैदिन १२७ जनामा संक्रमन पुष्टि भएसंगै कोरोना संक्रमन समुदायमा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले संक्रमित मध्य अधिकाँस इण्डियाबाट आएकाहरु रहेको जानकारी दिए । संक्रमितहरु बाँके बाहेकका जिल्लाहरुका समेत रहेको उनले बताए ।

‘इण्डियाबाट आउनेहरु मध्य शंकाष्पद १८३ जनाको पिसिआर परीक्षण गरिएको हो,’ उनले भने ‘ त्यसमध्य १२७ जनालाई संक्रमन पुष्टि भएको हो ।’

यसअघि बाँकेका शिक्षण संस्थामा परीक्षण गर्दा शक्षक÷विद्यार्थीमा समेत संक्रमन देखिएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *