काठमाण्डौ,बैशाख ३ । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गएको फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइमा सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुई वटा गरेर सात वटा उजुरी परेका छन् ।
चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएकोमा सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला सुनाएको हो ।
प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार