२०७८ बैशाख ३१ गते शुक्रवार

‘बालबालिकाको चौतर्फी बिकासका लागि बेबी जोन’

यमकला भुसाल

तुलसीपुर,बैशाख २ । दाङको तुलसीपुरमा बेबी जोन मन्टेश्वरी स्कुल सञ्चालनमा आएकोे छ ।

शिक्षा क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल ११ जना व्यक्तीहरुको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित गुम्राहा चोकमा उक्त स्कुल सञ्चालन आएको हो ।

बालबालिकाहरुको ओरल कक्षामात्र नभएर उनीहरुको चौतर्फी बिकासका लागि उक्त मन्टेश्वरी स्कुल सञ्चालनमा ल्याइएको हो ।

बेबी जोनको बिहिवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले रिवन काटेर / पानसमा बत्ती बालेर  उद्ध्घाटन गरेका हुन ।

बेबी जोन मन्टेश्वरी स्कुलका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले बालबालिकाहरुलाई परम्परागत शैली भन्दा आधुनिक शैलीबाट शिक्षा दिन जरुरी रहेको बताए ।

उनले संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको भन्दै मन्टेश्वरी शिक्षाबाट नमुना र पुर्ण शिक्षा प्राप्त हुनसक्ने धारणा राखे ।

कार्यक्रममा स्कुल अफ मन्टेश्वरीका डाइरेक्टर प्रतिभा गौतमले शिक्षा क्षेत्रको परिवर्तन र बालबालिकाको विकासका लागि बेबी जोन मन्टेश्वरीले महत्वपुर्ण भुमिका खेल्ने बताइन ।

मन्टेश्वरी घोकाएर नभई प्रयोगात्मक तरिकाले पढाउने बिधि भएको भन्दै उनले अब व्यवहारिक शिक्षा तर्फ जोड दिनुपर्ने बताइन ।


सो अवसरमा ग्रेट अरनीको मावीका प्रिन्सीपल बिष्णु आचार्य,राप्ती बबई क्याम्पस शिक्षक अभिभाबक सघंका अध्यक्ष सुशिला सुवेदी,व्यावसनका सचिव विष्णु योगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा धन्यावाद ज्ञापन ग्रेट अरनीको मावीका सिइओ विष्णु देवकोटाले गरेका थिए ।

ग्रेट अरनीको मावीका आइटी कोडिनेटर एकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण भट्राईले गरेका थिए ।

कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्यहरु प्रस्तुत समेत गरेका थिए ।

साथै बेबी जोन मन्टेश्वरी स्कुल करिब ६० लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।

 

 

 

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *