काठमाण्डौ,चैत ३१ । प्रधानमन्त्री केपी ओलीले भोलि ९बुधबार० देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
वैशाख बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीबारे चर्चा गर्ने बताइएको छ।
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार