२०८० चैत्र १६ गते शुक्रवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाण्डौ,चैत ३० । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिए ।

वरिष्ठ नेताको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै सभापति शेरबहादुर देउवाले रोक्न निर्देशन दिएअनुसार आज बैठक नबस्ने उनले जानकारी दिए ।

आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा थिए ।

हिजो भएको पदाधिकारी बैठक पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल अनुपस्थित भएपछि निर्णयबिना नै सकिएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *