२०७८ बैशाख १ गते बुधवार

कोरोना संक्रमण फैलिएपछि भारतमा रात्रिकालीन कर्फ्यु

काठमाडौं,चैत २३ । भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु लगाइएको छ । भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ ।

आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।

यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान र संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भनेका छन् । अब ग्राहकहरुले रेष्टुरेन्टमा बसेर खान पाउने छैनन् । उनीहरुले खाना प्याक गरेर घरमै लगेर खानुपर्ने नियम बनाइएको छ ।

यसैगरी सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै बोलाउन, सकेसम्म घरमै बसेर काम गर्न र सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न अपील गरिएको छ ।

अप्रिल ३० तारिखसम्म यी नियमहरु लागु हुने महाराष्ट्र सरकारले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *