हेमन्तप्रकाश वलि ,तुलसीपुर,चैत २१ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ यतिबेला जनश्रमदानमा ब्यस्त रहेको छ।
नेकपा दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउपालिकामा आज बिहान जनताको गहुँ काटेर जनश्रमदान गरेको शान्तिनगर गाउपालिका इन्चार्ज क।बिबेकले जानकारी दिए । उनले भने,हामी यतिबेला जनताको खेतबारीमा श्रमदान गरिरहेका छौ, ।
शान्तिनगर गाउपालिका इन्चार्ज क.बिबेकका अनुसार जनश्रमदानमा करिब २५ जना पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
जसमा नेकपा शान्तिनगर गाउपालिका सेक्रेटरी राजेन्द्र बहादुर बिश्वकर्मा,अखिल नेपाल ट्रेड युनियन महासंघ शान्तिनगर गाउँपालिका अध्यक्ष क.बिद्रोही,किसान महासंघ शान्तिनगर गाउँपालिका अध्यक्ष खड्क जैसी,युबा संगठन नेपाल शान्तिनगर गाउपालिका अध्यक्ष तिलक फुलामीको सहभागिता रहेको थियो।
प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार