पुस ३ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवासमा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
कलेजोमा क्यान्सर रोग लागेका उनी करिब १० दिनसम्म मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निधन भएको हो ।
नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।
प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार