तुलसीपुर २० चैत । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर उपमहानगरपालिका वडा नं ८ र ९मा अन्तरक्रिया तथा अग्नी रेखा कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार बन डिभिजन कार्यलय दाङ र लुम्विनी प्रदेश निर्देशनालयको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालले बन क्षेत्रमा भएको आगलागी तथा भुक्ष्य रोकथाम गर्नु उपभोक्ताहरुको महत्वपुर्ण योगदान हुने बताए ।
कार्यक्रममा तुलसीपुर सव–डिभिजन वन कार्यालयका प्रमुख विनोद कुमार शाहले बन तथा जङगलमा आगलागी हुदाँ बन जङगलसगंसगै जिवजन्तुहरुको नास हुने भएकोले बन क्षेत्र सबै भन्दा सम्बेदन्शील रहेको बताए ।
उक्त कार्यक्रमको सहजीकरण नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहकी सचिव रिता शर्माले गरेकी थिइन ।