२०८२ असार ७ गते आइतवार

नितिमा पर्यटन ः बजेटमा न्युन

तुलसीपुर,चैत २० । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रको पर्यटन बिकासका लागि आर्थिक वर्ष २०७७ ÷०७८ मा कुल १४ लाख ५० हजार बजेट बिनियोजित गरिएको थियो । तर उक्त बजेट सोचे अनुरुप थिएन ।

२ वर्ष पहिले बिस्तार गरिएको उपमहानगरको पर्यटन तथा संस्कृत प्रर्वद्धन शाखामा अन्य शाखाहरुको तुलनामा कम बजेट बिनियोजित हुने गरेको छ ।

नगर क्षेत्रको सम्भावित पर्यटकीय स्थलको बिकासका लागि बिनियोजित भएको उक्त बजेटलाई हेर्दा न्युन देखिन्छ ।

नितिमा पर्यटन क्षेत्रको बिकासमा राम्रा कार्यक्रमहरु भएता पनि बजेट बिनियोजित गरिएको छैन ।

गतवर्षकै कार्यक्रममा पनि तुलसीपुरलाई चिनाउनका लागि पर्यटकीय स्थलको डकोमेन्ट्री निमार्ण थालिएको थियो । तर बजेट अभावले गर्दा त्यो काम अहिले स्थगित छ । गतवर्ष विश्व कोरोना महामारीका कारणले पनि पर्यटनका थुप्रै कार्यक्रमहरु स्थगित भए ।

तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृत प्रर्वद्धन शाखा प्रमुख यसोदा वलिका अनुसार यसवर्षको कुल बिनियोजित १४ लाख ५० हजार बजेट मध्ये हालसम्म ६ लाख बजेट खर्च भैसकेको छ ।

जसअन्तर्गत होमस्टे व्यवस्थापनका लागि ५ लाख बजेट छुट्याइएको थियो । त्यसको काम सम्पन्न भईसकेको छ ।

 

त्यस्तै क्रान्तिकारी संग्रालय÷दंगीशरण संग्रालय गुरुयोजना निमार्णका लागि ५ लाख बजेट छुटइएकोमा अहिले त्यसको काम भैरहेको छ ।

साहित्य कला सम्बन्धी विभिन्न कार्यक्रमका लागि १ लाख ५० हजार बजेट बिनियोजित गरिएको थियो ।

उक्त कार्यक्रमको प्रपोजल पास भैसकेको र बैशाख पहिलो सातासम्म काम सम्पन्न गरिसक्ने योजना रहेको वलिले जानकारी दिइन ।

परम्परागत भेषभुषा, बाजाँ संरक्षण र विकास कार्यक्रमका लागि २ लाख बजेट बिनियोजित गरिएको थियो । उक्त कार्यक्रमको पनि बैशाख १५ सम्म काम सम्पन्न गर्ने योजना रहेको छ । सुकी दह,पार्कदेखि चमेरीगुफा घोडादौड कार्यक्रमका लागि छुटइएको १ लाख बजेट खर्च भैसकेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगर क्षेत्रमा मात्र १ सय ७२ वटा पर्यटकीय क्षेत्रहरु छन ।

शाखा प्रमुख वलिका अनुसार तुलसीपुरमा ८७ वटा मठमन्दिर छन ।

त्यस्तै ९ वटा तालतलैया,५ वटा गुफा,भूयारथान २७ वटा,चर्च ७ वटा,जलासय ४ वटा,ऐतिहासिक धरोहर ३ वटा,गुम्बा ६ वटा,मस्जित २ वटा, भ्युटावर २ वटा र अन्य महत्वपुर्ण पर्यटकीय स्थलहरु २० वटा गरि १ सय ७२ वटा पर्यटकीय स्थलहरु रहेका छन ।

पर्यटकीय स्थलहरु धेरै छन तर कार्यक्रमहरु ल्याउदा थोरै मात्रामा ल्याउने गरिन्छ र बजेट बिनियोजन गर्दा पनि न्युन मात्रमा गरिन्छ,वलिले भनिन् ,तुलसीपुरलाई चिनाउनका लागि यहाँका प्रत्येक वडामा एक÷एक वटा आर्कषित पर्यटकीय स्थल स्थापना गर्न जरुरी छ ।

जसले गर्दा तुलसीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु लामो समयसम्म रहन सक्छन । र यहाँको आर्थिक उन्नती र बजारीकरणको समृद्धी हुन्छ ।

बजेटले पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्य स्थलको पहिचान विकास तथा प्रवद्र्धन गरिने भनिए पनि पर्यटन क्षेत्रको लागि बजेट उर्जामय नभएको उनको भनाई छ ।

तुलसीपुरमा बाहिरी पर्यटकहरुको आकर्षण कम छ ।

तुलसीपुरलाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गर्न न्यायोचित बजेट ल्याउन जरुरी रहेको वलिले बताइन ।

पर्यटकीय क्षेत्रको अनुपातमा बिनियोजित बजेट अप्रयाप्त छ । आम्दानीको मेरुदण्ड नै पर्यटकीय क्षेत्र भएकाले सम्भावना बोकेका पर्यटकीय क्षेत्रको विकास,संरक्षण र प्रवद्र्धनका लागि ध्यान दिन जरुरी छ ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *