काठमाडौं,चैत १९ । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस सँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ ।
उनीहरु मध्ये २ लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार