२०८३ असार २७ गते शनिवार

घाँस काट्न जाँदा हराएका बालिका र किशोरी भेटिए

काठमाण्डौ,चैत १८ । महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् ।

खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले उज्यालोलाई जानकारी दिए ।

अहिले प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिइन ।

हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *