२०८३ असार २७ गते शनिवार

नेपाल पत्रकार महासंघ निर्वाचन ः सहमतीय नेतृत्वका लागि प्रेस युनियनले कार्यदल गठन ग¥यो

तुलसीपुर,चैत १७ । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतीबाट चयन गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसंग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको छ ।

सहमतीका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा लिला शाह, नारायण खड्का, आरके सितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्राई सदस्य छन् ।

यो कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतीका माध्यमबाट चयन गर्न अन्य संगठनहरु संग वार्ता थाल्ने छ ।

यसैबिच नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहाकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ ।

मंगलवार घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहाकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो ।

‘युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने निर्णय गर्दछ,’ युनियन दाङको भेलाको निर्णयमा भनिएको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *