२०८१ बैशाख ६ गते बिहिवार

‘विप्लवले राजनीति लुकाएका छन्’ – मोहन बैद्य ‘किरण’ (भिडियो सहित)

राजेश खत्री, दाङ, पुस २ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले विप्लवले राजनीति लुकाएको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बैद्यले नेकपाका महासचिव विप्लवले राजनीति लुकाएको र राजनीतिलाई रहस्यमय गराउन खोजेको दोषारोपन गरे । ‘राजनीति त्यसरी रहस्यमय बनाउनु हुँदैन,’ वैद्यले भने ‘ यस्तैस्थिति कायमै रहेमा भविस्यवादको भाषमा उहाँ फस्ने निश्चित छ ।’ उनले विप्लवको राजनीति कसरी भइरहेको छ भन्ने सवालमा आफुलाई भित्रिकुरा जानकारी भएको बताएता पनि त्यो भन्ने व्यक्त गरेनन् । ‘नआत्तिनुहोस र धैर्यता गर्नुहोस विप्लवजीको बारेमा केही समय लाग्ला तर, त्यो क्लियर हुनेवाला छ ,’ वैद्यले भने ।

उनले विप्लवले अहिलेको सरकार संग भन्दै आएको सत्ता साझेदारी भनेको के हो ? भन्ने सवाल समेत उठाएका छन् । अहिलेको सत्तासिन कम्युनिष्ट भनाउनेहरु र नेपाली काँग्रेसको बीचमा कुनै अन्तर नरहेको भन्दै विप्लवपनि त्यही संसदीय व्यवस्थालाई स्वीकार गर्दै सत्तामा आलोपालो गर्न खोजेको हो भने त्यो गलत भएको उनले बताए ।

‘संसदीय व्यवस्था चिरिञ्जिवी हुँदैन,’ बैद्यले भने ‘कम्युनिष्ट भनेका सच्चा मानवतावादी हुन अहिलेको जस्तै ढोङ पाल्नेहरु कम्युनिष्ट हैनन् ।’ उनले विप्लवको धेरै भित्रिकुरा थाहाँ पाएको भन्दै आफुलाई नसच्याउने हो भने भविस्यमा अप्ठेरो पर्ने धारणा राखे ।

तर उनले विप्लव लगाएका विभिन्न पार्टीसंग एकताको प्रयास जारी रहेको भएपनि त्यो भने संभव हुन नसकेका र अझैं समय लाग्ने उनले बताए ।

राष्ट्रिय स्वाधिनताको वारे ओलीको चरित्र उदाङ्गो भएको दाबी

गृहजिल्ला दाङमा राष्ट्रिय स्वाधिनताको प्रश्नमा सरकार गम्भीर नदेखिएको भन्दै बैद्यले आपत्ति जनाएका छन् । महासचिव बैद्यले रिपुलेख र भारतसंगको सीमानाको सवालमा सरकारले कुनै नबोलेको भन्दै रोष प्रकट गरेका हुन ।

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरु पक्राउ नपर्नु, अत्यधिक कर बढाउनु, महंगी उत्कर्षमा पुगाउनुले सरकारले जनअधिकारको अपहरण गरेको बैद्यले तर्क गरे । भ्रष्टचार उत्कर्षमा रहेको दाबी गरेका उनले देशका एक तिहाइ युवा विदेश जान बाध्य पारिएको, लोडसेडिङ घटाउने बहानामा यहाँका प्रसस्तै खोलानाला वाट विद्युत उत्पादन नगरी भारत बाट विद्युत खरिद गरेर उसैलाई पोस्ने काम भएको महासचिव बैद्यले दाबी गरे । ‘अझ केपी सरकारले हाम्रा विरुद्ध दुसप्रचारवाजी गरिरहेको छ,’ बैद्यले भने ‘ प्रतिकृयावादी आउँदैछ भन्छ अव यो भन्दा के आउने ठाउँ छ र ?’

उनले सरकार ओली नेतृत्वको सरकार मान्न तयार नरहेको बताउँदै त्यसका विरुद्ध चरणवद्ध आन्दनलन थर्ने चेतावनी दिए । नौ महिना वितिसक्दा समेत बुहमतको सरकारले केही विश्वसनिय काम गर्न नसकेको भन्दै उनले कामै नगरेको भएपनि प्रधानमन्त्रीले काम धेरै धेरै भएको छ भन्नु आँफैमा मजाग भएको उनको धारणा थियो । ‘ कामै केही नगरेपनि धेरै काम भएको हो भन्ने प्रधानमन्त्रीको दाबी हो भने अव उहाँहरु सक्कै कै हो नि, हैन र ?’ बैद्यले भने ।

त्यस्तै उनले वर्तमान सरकार रगतको आहालमा बसेको भएपनि त्यसले जनआन्दोलनका योद्धाहरु, शहिद, व्येपत्ता, अपाङ्ग तथा घाइतेहरुलाई कुनै ध्यान नदिएको भन्दै रोष प्रकट गरे । त्यस्तै उनले ओली नेतृत्वको सरकार र यो गठवन्धन समेत धेरै नटिक्ने भविस्यबानी गरेका थिए । त्यस्तै उनले केपी र प्रचण्डले भन्ने गरेको समाजवाद नक्कली भएको भन्दै त्यो नटिक्ने दाबी गरे । संसदीय व्यवस्था स्वीकार नगर्ने बताएका उनले बैज्ञानिक समाजवाद आफुहरुको लक्ष्य रहेको जानकारी दिए ।

जनताले कम्युनिष्ट भनेर भोट दिएको भएपनि सरकारको रवैया देखेर भोट हालेका इमान्दार कम्युनिष्ट कार्यकर्ता आज पछुतो मानिरहेको बैद्यले दाबी गरे ।

भिडियो हेर्नुहोस 

प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *