२०७८ बैशाख ४ गते शनिवार

स्कूल बस दूर्घटना लगतै फरार चालक सरोज विक २४ घन्टा पछि पक्राउ परे 

तुलसीपुर, चैत ११ । मंगलवार एका बिहानै दूर्घटनामा परेको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति स्कूलको बसका चालक दूर्घटनाको २४ घन्टा पछि पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बन्नै निवासी २८ बर्षीय चालक सरोज बिकलाई बुधवार बिहान करिब ८ बजेतिर सोही वडाको पर्सेनी क्षेत्रवाट पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुृख डिएसपी शिबहादुर सिंहले जानकारी दिए ।

चालक बिकको दायाँ हातमा समान्ने चोट देखिएको डिएसपी सिंहले बताए ।

गाउँमा कलेजका बिद्यार्थी लिन गएको बस तुलसीपुर १६ सरैया चोकमा रा १ क ४३३ नम्बरको बस दूर्घटनामा परेपछि चालक बिक फरार भएका थिए ।

पक्राउ परेका चालक बिकले प्रहरी समक्ष गाडी चिफ्लििएर दूर्घटनामा परेको बयान गरेको डिएसपी सिंहले फरककोणलाई बताए ।

उनले गाडी स्पिडमा नरहेको र चिफ्लिएर दूर्घटना भएको हुँदा स्टेरिङले काम नगरेको हुन सक्ने दाबी प्रहरी समक्ष गरेको डिएसपी सिंहले जानकारी दिए ।

तर, घाइते विद्यार्थीले भने तीब्र गतिका कारण बस दूर्घटनामा परेको जानकारी दिएका छन् ।

दूर्घटना पछि कम चोट पटक लागेका केही बिद्यार्थीले अन्य विद्यार्थीको उद्धार गरिरहेको दृष्य चालक बिकले केही बेर नियालेको र पछि सुटुक्क गायब भएको घाइते बिद्यार्थीले दूर्घटना पछि बताएका थिए ।

चालक बिकले दूर्घटना पछिको अवस्थामा बिद्यार्थी तथा गाउँलेले आक्रोसित भएर आफुमाथि कुटपिट गर्न सक्ने त्रासका कारण ज्यान जोगाउन आफु भागेको बयान प्रहरी समक्ष गरेका छन् ।

तुलसीपुर बजारस्थित पब्लिक ज्ञानज्योति कलेजबाट तुलसीपुर १६ स्थित सरैया गाउँमा विद्यार्थी बोकेर फर्केदै गरेको बिकले चलाएको रा १ क ४३३ नम्बरको बस मंगलवार एकाबिहानै दूर्घटतामा परेको थियो ।

उक्त दूर्घटनामा परि तुलसीपुर १६ की १८ बर्षीय संजना केसीको मृत्यु भएको छ भने थप २९ बिद्यार्थी घाइते भएका थिए ।

घाइते मध्य १७ बर्षीय किरण चौधरीको काठमाडौंमा, १७ बर्षकै रोमहर्ष भण्डारी र २० बर्षीया अस्मिता डाँगीको बाँकेमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

अन्य सबै घाइते उपचार पछि डिस्चार्ज भइ घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *