दाङ, चैत ११ । रुकुम पूर्वमा दूई स्कूले बालिकालाई बन्धक बनाई ९ दिन सम्म बलात्कार भएको कुरा सार्वजनिक भएको छ ।
गत चैत १ गते स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया छात्रालाई बन्धक बनाइ बलात्कार भएको प्रहरीले जनाएको छ ।
ती बालिका चैत १ गते परिवारलाई खबरै नगरी घुम्न जाने भनेर घरबाट निस्किएका थिए ।
रुकुम पूर्व जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हेर्ने उद्देश्यले उनीहरू सुटुक्कै गएका थिए ।
सदरमुकाम पुग्नै लाग्दा दुवैलाई लिन मोटरसाइल आयो । उनीहरूलाई रुकुमकोट त पु¥याइयो । तर सदरमुकाम घुम्ने, कमलदह अवलोकन गर्ने उनीहरूको योजना पूरा भएन ।
घुम्न निस्किएका उनीहरूलाई बन्धक बनाइयो । भूमे गाउँपालिकाबाट निस्किएका उनीहरूलाई गएका युवाहरुले नै उनीहरुलाई बन्धक बनाए ।
पीडितका अनुसार २३ वर्षीय युवाले आफू बस्दै आएको जिल्ला अस्पतालको पुरानो भवनमा नौ दिनसम्म बालिकालाई बन्धक बनाएर निरन्तर करणी गरे ।
उक्त घटनामा अर्का एक १४ वर्षीय बालक पनि संलग्न रहेको खुलेको छ ।
घुम्ने भनेर बालिकालाई बोलाएर ती युवाले अर्का बालकको सहयोगमा बन्धक बनाई करणी गरेको जिल्ला प्रहहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार ती किशोरीलाई उनीहरुले बिहानै सौच गर्नका लागि मात्रै बाहिर लैजान्थे र फेरि भित्र लिएर थुन्ने गरेका थिए ।
हल्ला गरे, चिच्याए, कराएपछि मार्ने धम्की दिएर बन्धक बनाइएको पाइएको प्रहरीले बताएको छ ।
यो घटना आमाहरू आएर खोजतलास गरिपाऊँ भन्दै प्रहरीमा निवेदन दिएपछि मात्रै सार्वजनिक भएको हो ।
त्यसपछि प्रहरीले खोजी थाल्यो । एक घन्टा भित्रै बन्धक बनाइएका दूई बालिकालाई फेला पार्न सफल भयो ।
एउटा कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा ती बालिकाहरुलाई फेला पारिएको प्रहरीले बताएको छ ।
कोठा भित्र खाटमुनि सुताइएको अवस्थामा ती बालिका फेला परेको प्रहरीले बताएको छ ।
चैत १ देखि ९ गतेसम्म बन्धक बनाइ उनीहरु माथि जवरजस्ति बलात्कार भएको देखिन आएको प्रहरीले बताएको छ ।
मंगलबार रुकुमकोट जिल्ला अदालतबाट युवकलाई १० र बालकलाई ५ दिनको म्याद थप भइ थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।