काठमाडौँ,चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताए ।
‘कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँु देउवाले भने,हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ ।’
उनले पार्टी अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको बताए ।
‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उनले भने ।
प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार