२०८१ चैत्र ९ गते शनिवार

बिजौरी उवासघंका सल्लाहाकार रजौरेलाई आजिबन सदस्य प्रदान

तुलसीपुर,चैत ८ । बिजौरी उद्योग वाणिज्य सघंका सल्लाहाकार टेकराज रजौरेलाई आजिबन सदस्य प्रदान गरिएको छ ।

शनिवार बसेको उद्योग वाणिज्य सघंको बैठकले संस्थाको बिधान अनुसार रजौरेलाई आजिबन सदस्य प्रदान गरिएको सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।

उनले बिजौरी उद्योग वाणिज्य सघंको सभाहल निमार्णका लागि बिजौरी मानपुर सडक–खण्डमा रहेको ५१ लाख बराबरको १० मिटर जग्गा दान गरेर पुण्यको काम गरेको भन्दै रजौरे परिवारलाई धन्यावाद समेत दिए ।
सल्लाहाकार टेकराज रजौरेले स्व.बुबा टोपेन्द्र चूडामणि जौरेको स्मृतिमा उक्त जग्गा दान गरेका थिए ।

उक्त बैठक सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको थियो ।

 

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *