२०८१ बैशाख १३ गते बिहिवार

अर्घाखाँचीमा जीप दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर

अर्घाखाँची,चैत ८ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क–९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको छ ।

उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

जीपमा रहेका यात्रु सुरज खनालका अनुसार जीपमा साढे तीन वर्षको बच्चासहित ६ जना रहेका थिए ।

६ जना यात्रुमध्ये तीन जनाले जीपबाट हाम फालेका थिए । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *