दाङ, चैत ७ । जिल्ला प्रहरी कार्यालय सल्यानले सेवाग्राहीबाट दश हजार घुस मागेको आरोप खेपेका एक प्रहरी निरीक्षकलाई विभागिय कारवाहीको लागि प्रदेश प्रहरी कार्यालयमा पत्रचार गरेको छ ।
सल्यानस्थित इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार यादवलाई प्रहरी नियामावली बमोजिम कारवाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले आफुले आरोपित प्रहरी निरीक्षक यादवलाई बिभागिय कारवाहीका लागि प्रदेश प्रहरी कार्यालयमा पत्राचार गरेको जानकारी दिए ।
यादव बिरुद्ध चैत २ गते जिल्ला प्रहरी कार्यायमा गएर दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.९ स्थित नव कान्तिपुर भलाई तथा इन्भेष्ट कम्पनि प्रालिका शाखा म्यानेजर महेन्द्र महराले आफुसंग दश हजार घुस मागेको भन्दै लिखित रुपमा जाहेरी दिएका थिए ।
प्रहरी निरीक्षक यादवले निशुल्क रुपमा हुने दुर्घटना प्रमाणित गर्न आफुसंग दश हजार घुस मागेको भन्दै प्रहरी निरीक्षक यादव बिरुद्ध उजुरी दिएका हुन ।
जिल्लासंग प्रहरी निरीक्षकलाई कारवही गर्ने अधिकार नरहेको हुँदा आफुले माथिल्लो निकायमा उजुरीको आधारमा कारवाहीको माग गर्दै पत्राचार गरेको डिएसपी थापाले जानकारी दिए ।