२०८१ जेष्ठ १७ गते बिहिवार

तुलसीपुरमा गिरिजाको संझनामा कार्यक्रम

तुलसीपुर, चैत ७ । नेपाली काँग्रेसका नेता स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिबसको अबसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन तुलसीपुर उपमहानगर समितिले कार्यक्रम गरि सम्झिएको छ ।

फाउन्डेसनका नगर समिति अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षता, प्रदेश सभासदस्य नेता शंकर गिरीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद गिरीले अहिलेको राजनीतिक किचलोवाट पार पाउन कोइरालाले देखाएको सहमति सहकार्य र एकताको नीति झनै सान्दर्भिक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि फाउन्डेसनका प्रदेश सदस्य काँग्रेस नेता केशब आचार्यले नेपालको राजनीतिमा गिरिजा प्रसाद कोइरालाको योगदान अबिष्मरणिय रहेको चर्चा गरे ।

कार्यक्रममा फाउन्डेसनका जिल्ला कोषाध्यक्ष देबेन्द्र रिजाल, फाउन्डेसनका शान्तिनगर गाउँपालिका अध्यक्ष नरेश डाँगी, फाउन्डेसनका जिल्ला सदस्य चेतबहादुर सेर्पाइली, जिलला बारका पूर्ब अध्यक्ष भागबत रेग्मी, फाउन्डेसनका नगर सदस्य चिरन्जिबी रिजाल, तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डाँगी लगायतले गिरिजा प्रसाद कोइरालाको नीति तथा योगदानको बारेमा चर्चा गरेका हुन ।

कार्यक्रमको सहजीकरण फाउन्डेसनका नगर सचिब निमबहादुर केसीले गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *