तुलसीपुर,चैत ७ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीमा रहेको लिटिल फ्लावर माध्यमिक विद्यालयले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
शनिवार एक कार्यक्रमका बिच विद्यालयले १० र २ का कक्षाको उद्घाटन तथा ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबमनी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विद् एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भाष्करराज गौतमले गुणस्तरीय शिक्षा आजको आवश्यक भएको बताए ।
उनले योग्य नागरिक बन्न विद्यार्थीलाई ध्यान दिएर पढ्न आग्रह पनि गरे ।
कार्यक्रममा कक्षा ११ का छात्रा सन्द्या बुढा लगाएतले आफ्नै ठाउँमा माध्यमिक तहसम्म अध्ययन गर्न पाउँदा खुसी भएको बताइन ।
सो अवसरमा नेपाल रेडक्रसका केन्द्रीय सदस्य शिव थापा लगाएतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तीहरुलाई सम्मान एवम मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण विद्यालयका भ्वाइस प्रिन्सीपल राजेन्द्र गिरीले गरेका थिए ।
साथै विद्यालयमा यसै वर्ष देखि ११ मा विज्ञान र संकायको पढाइ सुरु भएको र अर्को वर्ष कक्षा १२ पनि सञ्चालन गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ ।
कक्षा ११ मा हाल २० जना विद्यार्थी अध्ययनरत छन । त्यसमध्ये विज्ञान विषयका ९ जना र ११ जना म्यानेजमेन्टमा रहेका छन ।
५५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ८ सय बढी विद्यार्थी छन ।