२०८१ जेष्ठ १७ गते बिहिवार

प्रभावकारी बन्दै मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम

तुलसीपुर, चैत ४ । वैदेशिक रोजगारबाट फर्किएका र कुनै पनि रोजगार नपाएर वसेका युवाहरुलाई यतिवेला भ्याई नभ्याई चलिरहेको छ ।

सीप नभएका कारण विदेशमा थोरै पारिश्रमिकमा पनि काम गर्न वाध्य युवाहरुमा यतिवेला लुम्बिनी प्रदेश अन्तर्गत मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विभिन्न तालिम सिकिरहेका छन् ।

तुलसीपुर मेट्रो कलेजमा उनीहरुले कपाल काट्ने, मोटरसाईकल मर्मत गर्ने र प्लम्बिङ्गको तालिम लिइरहेका छन् ।

विदेशबाट फर्किएका अथवा रोजगार नभएका युवाहरुलाई लक्षित गरेर यस्तो तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक श्रीधर राजभण्डारीले जानकारी दिए ।

उनले युवाहरुलाई सीपसँगै रोजगारीका लागि पनि सहजिकरण गरिने वताए ।

‘सीप मात्रै सिकाउँने होइन रोजगारीका लागि हामीले पहल समेत गरिदिन्छौ’ संयोजक भण्डारीले भने ।

कार्यक्रम अन्तर्गत मेट्रो कलेजले तालिम सञ्चालन गरिरहेको छ ।

तालिममा सहभागीहरुले तालिम निकै लाभदायी भएको भन्दै व्यवसाय गर्ने समेत वताए ।

कपाल काट्ने तालिम लिइरहेका माधव नेपालीले कपाल काट्ने व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेको वताए ।

‘के गर्ने भन्ने द्धिविधा थियो अहिले वल्ल सजिलो भएको छ ’ उनले भने ।

वडा नम्बर १ भमकेका मेघराज कँडेल जागिर खोज्दा खोज्दै निकै भोतारिएका थिए ।

मोटर साईकल मर्मत सम्बन्धि तालिम लिएपनि अहिले उनमा केही गर्ने आत्मविश्वास पलाएको छ ।

‘तालिम लगत्तै मोटरसाईकल मर्मत सम्बन्धि पसल सञ्चालन गर्छु’ उनले भने ।

यसैबीच तालिम सञ्चालनका बारेमा अनुगमन गरिएको छ ।

अनुगमनमा क्रममा तालिम सञ्चालन प्रक्रिया र प्रभावका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रमका कार्यसमिति सदस्य एवम् विज्ञ विनोद शर्माले तालिम पश्चात व्यवसाय सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तुलसीपुरका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले सबैलाई रोजगारीमा लगाउनका लागि स्थानीय सरकारले पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे ।

तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले तालिमलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने वताए ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *