काठमाडौं, फागुन २८ । सत्तारुढ दल नेकपा एमाले भित्र फेरि अन्तर संघर्ष चर्किने संकेतहरु देखिएका छन् ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षधर नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि फेरि एमालेमा अन्तर संघर्ष चर्किने आँकलन गर्न थालिएको छ ।
सर्वौच्च अदालतको फैसलाबाट ब्युँतिएको एमालेमा पहिलो औपचारिक बैठक नै नबसी ओली पक्षले नेपाल पक्षलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्ष रुष्ट बनेको छ ।
बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्ट, कर्णाली प्रदेश इन्चार्जबाट युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी बागमती प्रदेश इन्चार्चमा अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई र प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी तोकिएको छ ।
त्यसका साथै बैठकले पूर्व माओवादी केन्द्रकारामबहादुर थापा ९बादल० सहित २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
त्यस्तै पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई प्रदान गरिएको छ ।