काठमाण्डौँ,फागुन २८ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ ।
बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गएको सोमवार ज्यान गएको हो ।
घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन ।
२ वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमवार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अ
स्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
अहिले उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार