२०८१ चैत्र १४ गते बिहिवार

एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बस्ने

काठमाडौं, फागुन २८ । सत्तारूढ दल नेकपा (एमाले)ले केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने भएको छ ।

सर्वौच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि पुनः एमाले अस्तित्वमा आएको हो ।

अस्तित्वमा आएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हुँदा त्यसलाई निकै चासोका साथ हेरिएको छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले बैठक कति बजे र कहाँ बैठक बस्ने भन्नेबारे अझैं एकिन भइ नसकेको जानकारी दिए ।

हाल अस्तित्वमा आएपनि कुनैदिन प्रचण्ड– नेपाल समुहमा लागेका एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको को कार्यसैली प्रति असन्तुष्टि जनाउन थालिसकेका छन् ।

जसले गर्दा पहिले झैं यसपटक पनि एमाले भित्र फरक – फरक सहुम निर्माण हुन्छन् कि ? भन्ने अनुमानहरु गर्न थालिएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *