तुलसीपुर, फागुन २५ । महाशिवरात्रीका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँस्थित शिव मन्दिरमा मेला लाग्ने भएको छ ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर खड्काले उक्त दिन विशेष पूजा पाठ हुने तथा मेला लाग्ने जानकारी दिए ।शिवरात्रीका अवसरमा २७ गते विशेष पूजा पाठको तयारी गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
शिवरात्रीका अवसरमा हुने मेला व्यवस्थित बनाइने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष धनविर बस्नेतले बताए ।उनले शिवमन्दिरमा भजन कृतनदेखि पूजा पाठ तथा मेलाको लाग्ने हुँदा सर्वसाधारणलाई मन्दिर दर्शन तथा पूजा पाठका लागि आग्रह गरे ।
केही वर्ष पहिले मात्रै गौरीगाउँको प्राकृतिक तालको बीचमा शिव मन्दिर निर्माण गरिएको छ । जस्ले काठमाडौंको रानीपोखरी झझल्को दिने गर्छ । तर, सुख्खा याममा तालको पानी सुक्ने हुँदा तालमा पानी भने छैन । पछिल्लो समय ताललाई माछा पाल्न ठेक्कामा दिन थालेपछि तालको पानी सुकाउने गरिएको छ । गौरी ताल जिल्लाकै सबैभन्दा ठूलो ताल मान्ने गरिन्छ ।