२०८१ बैशाख ७ गते शुक्रवार

जसले चार छोराछोरीसहित कर्णाली नदिमा हाम फालिन्

दुई छोरीको शव भेटियो, आमासहित तीन अझैँ बेपत्ता

दैलेख,फागुन २५ । सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन्।

आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेको आशंका प्रहरीले गरेको छ।

तीमध्ये सोमबार दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।

१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटेर सनाखत भइसकेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

‘३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन्।

आज ९मंगलबार० गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको छ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धानसमेत थालेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ।

सोमबार बिहान घरबाट हिडेका ५ जना परिवार माईतमा नभेटिएपछि आफन्तले खोजतलास गरेको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताइन्।

श्रीमानले दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने झै–झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्छन, उपप्रमुख बोहराले भनिन् ‘नदीमै दुईवटा शव भेटिनुले पनि हाम फालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ।’

मदिराकै कारण घरेलु हिंसालाई सहन नसकेर आमासहित ४ जना बच्चा हामफाल्न बाध्य भएको हुनसक्ने उनको भनाई छ।

सोमबार नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्ती भने शोकमग्न बनेको छ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *